तरुण दल मुगुको जिल्ला अध्यक्षमा शाही मनोनयन
काठमाडौं । नेपाल तरुण दल मुगुको जिल्ला अध्यक्षमा जयन्द्रबहादुर शाही मनोनयन भएका छन् ।
तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले शाहीलाई मुग तरुण दलको जिल्ला अध्यक्षमा मनोनयन गरेको पत्रमा उल्लेख छ । गुरुङले मंसिर ८ गते शाहीलाई अध्यक्षमा मनोनयन गरिएको पत्र दिएका छन् ।
अध्यक्ष गुरुङले शाहीलाई तरुण दलको विधान, सिद्धान्त र केन्द्रको नीति निर्देशन बमोजिम जिल्ला अध्यक्षको जिम्मेवारी दिएको बताएका छन् ।
मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नं. ११ निवासी शाही तरुणहरूका बीच लोकप्रिय मानिन्छन् । शाहीको नेतृत्वमा तरुण दलको संगठन अझ सुदृढ र सुसंगठित हुने अध्यक्ष गुरुङले विश्वास लिएको जनाएका छन् ।
Published : Monday, 2024 November 25, 9:40 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया