कांग्रेसको समर्थनमा एमालेबाट वडाध्यक्ष उम्मेदवार रोकाले धोका दिए, माओवादीलाई फाइदा
रुकुम पूर्व । नेपाली कांग्रेस र नेकपा (एमाले)का संयुक्त उम्मेदवार एमालेका जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि वडाध्यक्षमा माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।
रुकुम पूर्व जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका– २ को वडाध्यक्षमा माओवादीका घर्ती निर्विरोध निर्वाचित भएका हुन् ।
माओवादीबाट वडाध्यक्षमा निर्विरोध भएका घर्ती कांग्रेसको समर्थनमा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका रोका नातामा काका र भतिजा पर्छन् । काकालाई निर्विरोध गराउन रोकाले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन् ।
समयमा नेपाली कांग्रेस र नेकपा एमालेका संयुक्त उम्मेदवार रोकाका साथै स्वतन्त्र उम्मेदवार शुक्रराज विकले पनि उम्मेदवारी फिर्ता लिएका थिए ।
कांग्रेसको समर्थनमा एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेर नाताले काका पर्ने माओवादीका वडाध्यक्षका उम्मेदवार घर्तीलाई समर्थन गरेर निर्विरोध बनाएको आरोप लागेका रोकालाई एमालेले अनुशासनको कारबाही गर्ने पक्का छ ।
रोकाले आफ्नो राजनीतिक जीवनलाई दाउमा राखेर माओवादीलाई समर्थन गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया