गौरीशंकरमा कांग्रेसकी पासदिकीको उम्मेदवारी, बस्नेतसहितका नेताहरू सहभागी
गौरीशंकर । नेपाली कांग्रेसको तर्फबाट दोलखाको गौरीशंकर गाउँपालिकाको उप–प्रमुख पदमा पासदिकी तामाङले उम्मेदवारी दर्ता गराएकी छिन् ।
आइतबार निर्वाचन कार्यालयमा तामाङले कांग्रेसका नेता तथा कार्यकर्ताहरूसहित पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।
उम्मेदवारी दर्ता गराएपछि आयोजित चुनावी सभामा सम्बोधन गर्दै कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेसबाट उप–प्रमुखको उम्मेदवार बनेकी पासदिकी तामाङलाई मतदान गरेर विजयी बनाउन अपील गरेका छन् ।
उनले कांग्रेसका नेता कार्यकर्ताहरूलाई आन्तरिक असन्तुष्टि र मतभेटहरू अन्त्य गरेर तामाङलाई विजयी बनाउन अनुरोध गरे । उनले मतभेद र असन्तुष्टिहरूलाई चुनावपछि आन्तरिक छलफल गरेर मिलाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका अर्थमन्त्री कुन्दन काफ्ले, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया