स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसले ओखलढुङ्गाबाट खाता खोल्यो, भट्टराई निर्विरोध निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह उपनिर्वाचन– २०८१ मा ओखलढुङ्गाबाट निर्विरोध भइ विजयी शुरुवात गरेको छ ।
आइतबार भएको निर्वाचन कार्यक्रममा ओखलढुङमा जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पदमा टेकराज भट्टराई निर्विरोध भएका छन् ।
उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार भट्टराई निर्विरोध निर्वाचित भएको कांग्रेसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले भट्टराईलाई हार्दिक बधाई ज्ञापन गरेको छ । ‘नेपाली कांग्रेसका उम्मेदवारलाई निर्विरोध निर्वाचित गराउन अहंभूमिका निर्वाह गर्नु भएका अन्य राजनीतिक दल एवं सम्पूर्ण जनप्रतिनिधिहरूलाई नेपाली कांग्रेस केन्द्रीय कार्यालय हार्दिक धन्यवाद व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
Published : Sunday, 2024 November 17, 6:34 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया