लक्ष्मी परियारको सिफारिसमा सभापति देउवाद्वारा सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
बिहीबार कांग्रेसद्वारा जारी विज्ञप्तिअनुसार सभापति देउवाले विभागमा सदस्यहरू मनोनयन गरेका हुन् ।
कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी विभागकी प्रमुख लक्ष्मी परियारको सिफारिसमा सभापति देउवाले विभागका सदस्यहरूमा मनोनयन गरेका हुन् ।
विभागको सदस्यहरूमा मनोनयन हुनेमा रामकृष्ण लकान्द्री (तेह्रथुम), दीपक सोनी (दैलेख), कलावती पासवान (बारा), विपेन्द्र रामुदामु (चितवन), कुमार टेलर (डोटी) रहेका छन् ।
शान्ता सुनार (धादिङ), प्रकाश घतानी (काठमाडौं), सुनिल बुढाथोकी (पाल्पा), कुमारी सार्की (कैलाली) र केदार गान्धारी (गोरखा)लाई सभापति देउवाले मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया