स्थानीय तह उपनिर्वाचन केन्द्रीय संयोजन समितिद्वारा कांग्रेसका उम्मेदवारहरू विजयी बनाउने गरी निर्वाचनको गृहकार्य शुरू
काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह उपनिर्वाचन—०८१ केन्द्रीय संयोजन समिति’ले पार्टीका उम्मेदवारलाई विजयी बनाउने विषयमा रणनीतिका लागि गृहकार्य शुरू गरेको छ ।
शुक्रबार समितिका संयाेजक समेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले बागमती प्रदेशका नेताहरूसँग छलफल गरेका छन् । शर्माले कांग्रेसका आधिकारिक उम्मेदवारहरूलाई स्थानीय तहको निर्वाचनमा विजयी बनाउन निर्देशन दिएका हुन् ।
कांग्रेसले जितेका अधिकांश स्थानीय तहमा उपनिर्वाचन हुन लागेको भन्दै महामन्त्री शर्माले पुरानो जितलाई कायम राख्नु पर्ने चुनौती रहेको बताएका छन् । उनलेे मतभेद रहेको भए पनि भुलेर कांग्रेसलाई जिताउन लाग्नुपर्ने बताएका छन् ।
तीन दिन अगाडि कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहकाे उपनिर्वाचनका लागि केन्द्रबाट संयाेजन गर्न महामन्त्री शर्माको संयाेजकत्वमा समिति बनाएका थिए । समितिले आफ्नाे काम र गृहकार्य शुरू गरिसकेको छ । सभापति देउवाले स्थानीय तहकाे उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी बनाउने गरी रणनीति बनाउन निर्देशन दिइसकेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया