लमहीमा मोटरसाइकल दुर्घटना हुँदा राप्ती गाउँपालिकाका युवकको मृत्यु
मसुरिया । दाङको देउखुरी उपत्यकामा भएको मोटरसाइकल दुर्घटनामा २२ वर्षीय प्रेम रानाको मृत्यु भएको छ ।
सोमबार बिहान साढे ६ बजेतिर लमही नगरपालिका वडा नं. ५ बैंकरोडस्थित लमही–गढवा भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु भएका राना राप्ती गाउँपालिका वडा नं. ५ कमलरोड निवास हुन् ।
लमहीबाट गढवातर्फ जाँदै गरेको रा ७ प ४०७४ नम्बरको मोटर साईकल आफै अनियन्त्रित भई दुर्घटना भएको विज्ञप्तिमा उल्लेख छ ।
गम्भीर घाइते चालकको उपचारका क्रममा चिकित्सकहरूले मृत घोषणा गरेको विज्ञप्तिमा प्रहरीले जनाएको छ ।
Published : Monday, 2024 November 4, 11:42 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया