बर्दिया कांग्रेसद्वारा मन्त्री तिमिल्सिनालाई बधाई प्रदान, सहमहामन्त्री राठौरले दिए शुभकामना
गुलरिया । नेपाली कांग्रेस बर्दियाले लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनालाई बधाई दिएको छ ।
बुधबार गृहजिल्ला बर्दियामा आयोजित स्वागत तथा बधाई कार्यक्रममा मन्त्री तिमिल्सिनालाई सह–महामन्त्री एवम्
प्रतिनिधिसभाका सांसद किशोरसिंह राठौरले बधाई दिएका हुन् । राठौरले मन्त्री तिमिल्सिनालाई बर्दियाका साथै लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा शिर ठाडो हुने गरेर काम गर्न निर्देशन दिएका छन् ।
बर्दिया कांग्रेसका जिल्ला सभापति अरुणप्रकाश राठौरले बर्दिया जिल्लामा विकास गर्न मन्त्री तिमिल्सिनालाई सुझाव दिए । उनले मन्त्री तिमिल्सिनासँग बर्दियाका जनताले धेरै अपेक्षा राखेको बताए ।
मन्त्री तिमिल्सिनाले आफ्नो स्वागतमा बधाई कार्यक्रम राखेकोमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका साथै सभापति अरुणप्रकाश राठौर र सहमहामन्त्री किशोरसिंह राठोरप्रति आभार प्रकट गरेका छन् ।
मन्त्री तिमिल्सिनाले बर्दिया कांग्रेसका नेता, कार्यकर्ताले आफूप्रति गरेको विश्वासमा कहिल्यै पनि कुठाराघात नगर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपाल तरुण दलको पूर्व कार्यबाहक केन्द्रीय अध्यक्ष समेत रहेका तिमिल्सिना केही दिन अगाडि मन्त्री पदको शपथ लिएका हुन् । तिमिल्सिना बर्दिया क्षेत्र नं. २ (१)बाट प्रदेशसभा निर्वाचनमा निर्वाचित भएका हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया