प्राविधिक टोलीसहित मनाङमा कांग्रेस नेता एवं पूर्वराज्यमन्त्री गुरुङ, क्षति भएका संरचनाको अनुगमन
धारापानी । नेपाली कांग्रेसका नेता एवम् पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङ प्राविधिक टोलीसहित गृहजिल्ला मनाङ आएका छन् ।
शुक्रबार प्रतिनिधि सभाका सांसद समेत रहेका नेता गुरुङ प्राविधि टोली लिएर मनाङ आएका हुन् । गुरुङले तालगाउँमा मस्र्याङ्दी नदीको बाढीले क्षति गरेको क्षेत्रमा निमार्ण भएको तारजालीको पर्खालको निरीक्षण पनि गरेका छन् ।
आगामी दिनमा आउन सक्ने बाढी र पहिलोबाट तालगाउँलाई कसरी सुरक्षित बनाउन सकिन्छ भनेर सांसद गुरुङले परामर्श समेत गरेका छन् । उनले आगामी दिनमा क्षति नहोस भनेर के कस्ता ? पूर्वधारहरूको निमार्ण गर्न सकिन्छ भन्नेबारेमा पनि प्राविधि टोली, जनप्रतिनिधि र स्थानीयसंग छलफल गरेका छन् ।
स्थलगत निरीक्षणमा कांग्रेसका नेता टेकबहादुर गुरुङ, गण्डकी प्रदेश सभाका सदस्य मुनिन्द्रजङ्ग गुरुङ, जलश्रोत तथा सिंचाई विभागका सीडीई सुपिन्दै खत्री, ईञ्जिनियर सुसन श्रेष्ठ, लेखापाल थमबहादुर थापा, मनाङका जिल्लाका प्रमुख जिल्ला अधिकारी मातृका आचार्य, सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्याल, प्रहरी प्रमुख (डीएसपी) एनके सिंह, नासो गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ, वडा नं. १ का वडाध्यक्ष मीनकाशी गुरुङ, वडा नं.४ का वडाध्यक्ष धर्मजङ्ग गुरुङ, वडा नं.५ का वडाध्यक्ष युक्तेन गुरुङ, वडा नं.६ का वडाध्यक्ष पुष्पबहादुर गुरुङ, वडा नं.७ का ओमबहादुर गुरुङ सहभागी रहेका थिए ।
बेसीशहर–चामे सडक अन्र्तगत खुदीबाट कोतोसम्म ५० किलो मिटर सडक मस्र्याङ्दी जलविद्युत् आयोजनाले शुरु गरेको स्तरोन्नति कार्यको पनि कांग्रेसका सांसद गुरुङले स्थलगत निरीक्षण गरेका छन् ।
प्राविधि टोलीसहित सांसद गुरुङले धारापानी, तिमाङ झरनाको पुलका साथै सदरमुकाम चामे क्षेत्रको स्थलगत निरीक्षणका साथै दीर्घकालीन समाधानबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया