सहकारी ठगीमा दोषी ठहर भए सजाय भोग्न तयार रहनु पर्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा दोषी देखिएको सजाय भोग्न तयार हुनु पर्ने बताएका छन् ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरूको बैठकलाई सम्बोधन गर्दै ओलीले रवि लामिछानेको नाम नलिई अहिले सहकारी ठगी प्रकरणमा ५७५ जनाभन्दा धेरै जेलमा रहेको बताए । बैठकमा सहभागी एक नेताका अनुसार अदालतबाट दोषी ठहर भएका सहकारी ठगीमा रवि लामिछानेलाई कानूनअनुसार सजाय हुने बताए ।
रवि लामिछाने अहिले सहकारी ठगी र संगठित अपराध मुद्दामा कास्की प्रहरीको हिरासतमा छन् ।
लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पनि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्नका लागि पक्राउ पुर्जी जारी भइससकेको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया