अमलेखगञ्जमा चौध किलो चाँदीका सामानसहित दुई जना गिरफ्तार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले १४ किलो अबैध चाँदी सरसामानसहित २ जना पुरूष व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
शुक्रबार बिहान करीव ८ इलाका प्रहरी कार्यालय अमलेखगंजको टोलीले १४ किलो चाँदीसहित दुई जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
बाराको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.२१ अमलेखगंजस्थितमा पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेको मोटरसाइकलमा चेकजाँच गर्दा चाँदी बरामद भएको थियो ।
मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाई लुकाईछिपाई चाँदी राखिएको थियो । अबैध चाँदीको अन्दाजी मूल्य २५ लाख ४ हजार ९ सय ५० रूपिया बराबर पर्छ ।
ना ५२ प २५८४ नम्बरको २२० सिसी पल्सर मोटरसाइकलका चालक बाराको प्रसौनी गाउँपालिका वडा नं.६ प्रस्टोका बस्ने वर्ष ३३ का सन्तोष साह सोनारको साथबाट ९ किलो चाँदी बरामद भएको छ ।
ना ५५ प ३९३२ नम्बरको १५० सिसि पल्सर मोटरसाइकलका चालक बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ८ गमरगावाटोल बस्ने वर्ष २७ को सुरेश महतोको साथबाट ५ किलो चाँदी बरामद भएको छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया