तरुण नेता झाद्वारा महांकालका ४४ घरपरिवारलाई सहयोग हस्तान्तरण
काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य अशोक झाले ललितपुरमा बाढी, पहिरोबाट प्रभावित ४४ घरपरिवारलाई सहयोग हस्तान्तरण गरेका छन् ।
बुधबार ललितपुरको महंकाल गाउँपालिकाको वडा नम्बर २ मानीखेलमा पाइला पाइला संस्थाको तर्फबाट झाले ४४ घरपरिवारलाई जस्ता वितरण गरेका हुन् । केन्द्रीय सदस्य झाले प्रकृतिक समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।
पाइला पाइला संस्थाका फाउन्डर डा.पासाङकाजी लामाद्वारा पाँच लाख बराबरको सहयोग उपलब्ध भएको थियो । तरुण नेता झाको विशेष आग्रहमा आफूले सहयोग गरेको डा.लामाले बताए । बाढीका कारण महाङकाल गाउँपालिकामा १३ जनाको ज्यान गएको थियो । सयौं घर विस्थापित भएका छन् ।
Published : Wednesday, 2024 October 16, 6:47 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया