सभापति रामहरि खतिवडाको विशेष पहलमा २० यात्रु बोकेर रुम्जाटार उड्यो जहाज
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको विशेष पहलमा ओखलढुङ्गाको रुम्जाटारमा जहाजले उडान भरेको छ ।
लामो समयदेखि रुम्जाटारमा जहाजले उडान भरेको थिएन । कांग्रेसका सांसद खतिवडाको पहलमा जहाजले आइतबारदेखि काठमाडौं–रुम्जाटार–काठमाडौंको उडान भरेको हो । २० जना बोकेर समिट एयरको सानो जहाज रुम्जाटार उडेको सभापति खतिवडाले बताएका छन् ।
बाढी, पहिरो र डुबानका कारण सवारी आवागमनमा समस्या भएपछि सभापति खतिवडाले ओखलढुङ्गाका जनतालाई सहज रुपमा यात्रा गराउन रुम्जाटारमा जहाजलाई उडान भर्न आग्रह गरेका थिए ।
रुम्जाटारमा अबदेखि हरेक आइतबार र बुधबार दुई दिन हावाइ जहाज संचालन हुनेछन् ।
Published : Sunday, 2024 October 6, 3:02 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया