कांग्रेस नेता मोहन बस्नेतद्वारा ५० हजारका दरले आर्थिक सहयोग, पुनर्निर्माणको पहल गर्ने
बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले बाढी, पहिरो र डुबानबाट मृत्यु भएका व्यक्तिका आफन्तलाई आर्थिक सहयोग गरेका छन् ।
शुक्रबार पूर्वमन्त्री बस्नेतले मृत्यु भएका २ जनाको परिवारका सदस्यहरूलाई जनही ५०/५० हजार रुपियाँ आर्थिक सहयोग गरेका हुन् ।
२०८१ असोज ११ र १२ गतेको अविरल वर्षाका कारण सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नम्बर १ सेलाङ कुनीगाउँको नेता बस्नेतले स्थलगत अवलोकन पनि गरेका छन् । उनले जनधनको क्षतिका विषयमा पनि जानकारी लिएका छन् ।
कांग्रेस नेता बस्नेतले बाढी, पहिरो र डुबानले क्षति भएका स्थानमा पुनर्निर्माणका लागि आफूले पहल लिने बताएका छन् । बाढी, पहिरो र डुबानबाट क्षति भएका पुल, सडक र भौतिक संरचना पुनर्निर्माणका लागि आफूले पहल गर्ने नेता बस्नेतले बताएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया