प्रधान सेनापति सिग्देलसँग भारतीय उपरथी देवगुनद्वारा भेट
काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग भारतको थ्री जीआर रेजिमेन्टका कर्णेल उपरथी चरणजीत सिंह देवगुनले भेट गरेका छन् ।
शुक्रबार भद्रकालीस्थित सैनिक मुख्यालयमा प्रधान सेनापति सिग्देल र कर्णेल देवगुनबीच भेटवार्ता भएको हो ।
भेटमा नेपाल र भारतबीचको सैन्य सम्बन्धलाई अझ प्रगाढ बनाउने र सेना–सेनाबीचको सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको छ ।
यसैबीच, कर्णेल देवगुनले भारतीय राजदूतावासको मिलिटरी पेन्सन शाखा र आरओआईईको पनि निरीक्षण गरेका छन् ।
नेपाल डोमीसाइल एक्समको अर्थपूर्ण र सान्दर्भिक कल्याण सुनिश्चित गर्न दुवै शाखाको प्रयासको देवगुनले प्रशंसा गरेका छन् ।
Published : Friday, 2024 October 4, 8:24 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया