लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको कार्यजिम्मेवारी बाँडफाँट
मसुरिया । लुम्बिनी प्रदेश योजना आयोगले उपाध्यक्ष र सदस्यहरूको कार्यजिम्मेवारी बाँडफाँट गरेको छ ।
आयोगका उपाध्यक्ष डा.डिल्लराज अर्यालले आफूसहित सदस्यहरूको कार्यजिम्मेवारी तोकिदिएका हुन् ।
डा.अर्यालले कार्य विभाजनअनुसारको काम कार्वाही जिम्मेवारीपूर्वक सम्पादन गर्न आग्रह गरेका छन् । आयोगमा उपाध्यक्ष र तीन जना सदस्य छन् । सदस्यहरूमा डा.सुदनकुमार वली, भुवन चौधरी र शान्तादेवी ढकाल रहेका छन् । उनीहरूको पनि कार्यजिम्मेवारी तोकिएको छ ।
‘सम्बन्धित क्षेत्र वा कार्यलय वा अन्य विषयमा आयोगको तर्फबाट प्रतिनिधित्व वा सहभागी हुनुपर्ने भएमा उपाध्यक्षज्यूलाई पूर्वजानकारी गराउने र आवश्यकताअनुसार पूर्वस्वीकृति लिनुपर्नेछ’, कार्यजिम्मेवारीमा भनिएको छ ।
कानूनी तथा नीतिगत विषयहरू एवम् अन्य विभिन्न विषयहरूमा भएको छलफल एवम् अन्तरक्रिया सम्बन्धि भएको कार्यप्रगतिबारे उपाध्यक्षलाई जानकारी गराउनुपर्नेछ ।
आयोगकी सदस्य शान्तादेवी ढकाललाई सामाजिक विकास मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, प्रदेश खेलकुद परिषद, सामाजिक समावेशिता, युवा परिषद र अनुगमन तथा मूल्याङ्कन परेको छ ।
सदस्य भुवन चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालय, प्राकृतिक स्रोत व्यवस्थापन, सार्वजनिक निजी क्षेत्र साझेदारीको जिम्मेवारी परेको छ ।
सदस्य डा.सुदनकुमार वलीलाई उद्योग, पर्यटन तथा यातायात मन्त्रालय, शहरी विकास तथा खानेपानी मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, अध्ययन तथा अनुसन्धान, तथ्याङ्क विकास तथा व्यवस्थापन, आयोजना बैंक, लगानी सम्बन्धी, सूचना प्रविधिको कार्यजिम्मेवारी परेको छ ।
उपाध्यक्ष डा.डिल्लीराज अर्यालले आफूसँग मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, आयोजना अनुगमन तथा मूल्याङ्कन, राष्ट्रिय स्रोत अनुगमन जलवायु परिवर्तन, विपद् व्यवस्थापन र अन्तर सरकार समन्वय कार्यजिम्मेवारी राखेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया