नागरिकको जीवन सहज बनाउन र सुशासनको अनुभूति गराउन कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले नागरिकको जीवन सहज बनाउन र सुशासनको अनुभूति गराउने काम सरकारको रहेको जनाएको छ ।
कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागका प्रमुख गुरु बरालले बुधबार विज्ञप्ति जारी गरेर भने, ‘यस्तो अवस्थामा गृह प्रशासन, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लगायत सम्बद्ध सबै निकायको नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको तर्फबाट ध्यानाकर्षण गर्दै तत्काल मूल्य नियन्त्रण गर्न र नागरिकको जीवनयापनलाई सहज बनाउनका लागि आवश्यक पहलकदमी लिनका लागि जोडदार माग गर्दछौं ।’
कांग्रेसले भनेको छ, ‘देशमा आएको बाढीपहिरोले नेपाली जनता अत्यन्त पीडामा छन् । यस्तो विषम परिस्थितिमा जनजीवन सहज बनाउनु र जनतालाई राहत दिनको सट्टा निजी क्षेत्रको बायु सेवा कम्पनीहरूले साविकको मूल्यभन्दा दोब्बर–तेब्बर भाडा लिएर दुःख दिने काम भएकोमा नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको ध्यानआकर्षित भएको छ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया