संक्रमण फैलन नदिन मातहतलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बाढी, पहिरो र डुबान जस्ता विपदपछि संक्रामक रोग फैलन नदिन सतर्कताको उपाय अपनाउन तीनवटै तह, खानेपानी मन्त्रालय तथा खानेपानीसम्बद्ध अधिकारीहरूसँग आग्रह गरेका छन् ।
बुधबार स्वास्थ्य मन्त्रालयमा विशेष बैठकमा पौडेलले बाढी पहिरोपछि पानीका श्रोत प्रदुषित भएको र यसकै कारण झाडापखाला, हैजा तथा डेंगुलगायतका संक्रामक रोग लाग्न नदिन आ–आफ्नो तर्फबाट तयारी बढाउन निर्देशन दिएका छन् ।
विपदका समयमा स्वास्थ्यकर्मीहरूले पु¥याएको योगदानको प्रशंसा गर्दै मन्त्री पौडेलले भने, ‘स्वास्थ्यकर्मीहरूले विपदका समयमा बिरामीको उपचारका लागि पु¥याएको भूमिका सराहनीय छ । फैलन सक्ने रोगबाट नागरिकलाई जोगाउन लाग्नुहोला ।’
खानेपानीमन्त्री प्रदीप यादवले सहकार्यको प्रस्तावका लागि मन्त्री पौडेललाई धन्यवाद दिंदै पानीको शुद्धता बढाएर नागरिकलाई शुद्ध पानी दिनका लागि शुद्धीकरण सामग्री वितरण तथा सचेतनाका लागि स्वास्थ्य मन्त्रालयसँग सहकार्य गर्ने बताएका छन् ।
बाढी, पहिरो र डुबानबाट बढी प्रभावित काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, कोशी, मधेश तथा गण्डकीलगायत प्रदेशका स्वास्थ्य सचिवहरूले आफूहरूले प्रदान गरिरहेको सेवाबारे जानकारी गराएका छन् ।
ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनले बाढीका कारण खानेपानी प्रदुषित भएकाले आफूहरुले ट्यांकरबाट किनेरै क्लोरिनेशन गरेर पानी वितरण गरेको बताए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया