दक्षिणी ललितपुरमा कांग्रेस सांसद राणाले हेलिकप्टरमार्फत राहत सामग्री झारे
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले ललितपुरको बाढी, पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री लगेर वितरण गरेका छन् ।
बुधबार सांसद राणाले राहतका सामग्रीसहित दक्षिण ललितपुर हेलिकप्टरमा लगेका छन् । नेपाली सेनाको ठूलो स्काई हेलिकप्टरमार्फत सांसद राणाले राहतका सामग्री आफ्नो निर्वाचन क्षेत्रमा लगेको उनको निजी सचिवालयले जनाएको छ ।
महांकाल गाउँपालिकाको २ ठाउँ र बागमती गाउँपालिकाको १ ठाउँमा हेलिकप्टरका लागि स्टेसन बनाइ राहत सामग्री झारेर वितरण गरिनेछ ।
राहत सामग्री झारेर फर्कने क्रममा हेलिकप्टरले बुखेलबाट बिरामी परेका शेषानन्द घिमिरे लिएर आउनेछ ।
बाढी र पहिरोका कारण ललितपुरकोे दक्षिण क्षेत्रमा राहतका सामग्री लिएर जान समस्या छ । सवारी साधन जान नसकेपछि कांग्रेसका सांसद राणाले हेलिकप्टरमार्फत राहत सामग्री लगेका छन् ।
ललितपुरको दक्षिण भेगमा बाढी र पहिरोले ठूलो नोक्सानी गरेको छ । सडकहरू भत्किएका छन् । भत्किएका सडक मर्मतसम्भारको तयारी भइरहेका छन् । सांसद राणाले समस्यामा परेका पीडित जनतालाई सहयोग गर्न राहत सामग्री लिएर गएका हुन् ।



बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया