परराष्ट्रमन्त्री डा.राणा र अमेरिकी उपविदेशमन्त्री बासबीच नेपाल-अमेरिका दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सहमति
वासिङ्टन डिसी । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र अमेरिकाका राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री जोन बासले नेपाल र अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र (बाइल्याटरल कन्सल्टेसन मेकानिजम) स्थापना गर्ने सहमति भएको छ ।
साेमबार वासिङ्टन डिसीमा डा.राणा र बासले नेपाल – अमेरिकाबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्ने सहमतिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौतापश्चात परराष्ट्रमन्त्री डा.राणा र अमेरिकी उपविदेशमन्त्री बासबीच नेपाल अमेरिका द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको डा.राणाको निजी सचिवालयले जनाएको छ ।
परराष्ट्रमन्त्री डा.राणाले सम्झौता नेपाल र अमेरिकाबीचको सम्बन्धमा एक महत्त्वपूर्ण उपलब्धि भएको बताउँदै आगामी दिनमा द्विपक्षीय हितलाई थप प्रवर्धन गर्न यस सम्झौतामार्फत सहयोग पुग्ने बताएकी छिन् ।
सम्झौताले दुई देशबीच व्यापार, लगानी, पर्यटन, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा आपसी सहयोग र समन्वयका साथ अघि बढ्न थप मार्गप्रशस्त गर्ने पनि परराष्ट्रमन्त्री डा. राणाले बताएकि छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया