रुम्जाटार विमानस्थलमा जहाज सञ्चालन गर्न सभापति खतिवडाको माग
काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ओखलढुङ्गाको रुम्जाटार विमानस्थलमा नियमित जहाज सञ्चालनका लागि माग गरेका छन् ।
सोमबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्रीप्रसाद पाण्डेलाई ज्ञापनपत्र बुझाउँदै रुम्जाटार विमानस्थलमा जहाज सञ्चालन गर्न आग्रह गरेका हुन् । दशैँको अवसरमा घर जान चाहने यात्रुलाई यात्रा गर्न सहाज होस् भनेर जहाज सञ्चालनका लागि आग्रह गरेका हुन् ।
बाढी, पहिरो र डुबानका कारण सडक, पुल भत्किएर यात्रुलाई कठिनाइ भएको बेला रुम्जाटार विमानस्थलमा जहाजको उडानका लागि सभापति खतिवडाले आग्रह गरेका छन् ।
ओखलढुङ्गाको रुम्जाटार विमानस्थल निकै पुरानो विमानस्थल मानिन्छ । सडक पुगेपछि विमानस्थलमा जहाज उड्न छाडेका छन् । अबिरल वर्षापछि सडक भत्किएर यातायातमा कठिनाइ भएपछि कांग्रेसका नेता खतिवडाले जहाज नियमित रुपमा सञ्चालन गर्न माग गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया