कांग्रेस सांसद विनोद चौधरीको पहलमा काठमाडौंभन्दा बाहिर बर्दघाटमा पहिलो ट्रमा सेन्टर शिलान्यास
बर्दघाट । नवलपरासी बर्दघाट सुस्तापूर्वको बर्दघाट २ चिसापानीमा संघीय राजधानी बाहिर पहिलो ट्रमा सेन्टर निर्माण शुरु भएको छ ।
सेन्टरको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शिलान्यास गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभाका सांसद विनोद चौधरीको विशेष पहलमा यो ट्रमा सेन्टर निर्माण हुन लागेको छ । १२ करोड ३४ लाख रुपियाँ लागतमा संघ सरकारबाट निर्माण शुरु भएको सेन्टर एक बिघा बढी क्षेत्रफलमा बन्नेछ ।
१५ बेड क्षमताको भवन शिलान्यास गर्दै मन्त्री पौडेलले विशिष्टिकृत सेवाहरू विस्तार गर्ने सोंच आफूहरूको रहेको बताएका छन् ।
उनले प्रदेशस्तरमा रहेका प्रादेशिक अस्पतालहरूबाट संघीय राजधानीमा उपलब्ध सेवाहरू विस्तार गर्ने प्रयास थालिएको बताए ।
सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचित भएसँगै सेन्टर खोल्ने चाहना राखेकामा अघि बढ्न सफल भएको बताए ।
चौधरीले ट्रमा सेन्टर बनाउन सघाउने संघीय सरकारलगायत सबैप्रति आभार प्रकट गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया