उपनिर्वाचनका लागि कांग्रेसलाई आयोगमा दर्ता गर्ने, सचिव शर्मालाई जिम्मेवारी
काठमाडौं । नेपाली कांग्रेसले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको प्रवक्ता डा.प्रकाशशरण महतले बताएका छन् ।
‘संवत् २०८१ साल मंसिर १६ गते सम्पन्न हुने स्थानीय तह सदस्य उपनिर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेस पार्टीलाई निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
‘संवत् २०८१ साल मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सो सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव श्री प्रकाश शर्मालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया