झ्याप्ले खोलामा थप १० शव निकालियो, २ दिनदेखि हराएको बस पनि भेटियो
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएको अवस्थामा थप १० जनाको शव फेला परेको छ ।
आइतबार बिहान पहिरोले पुरिएका बसबाट शवहरू निकालिएको प्रहरीले जनाएको छ । झ्याप्ले खोलामा अरु बस पनि पुरिएको आशंकामा खोजी कार्य भइरहेको छ ।
झ्याप्ले खोलामा गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पहिरोले पुरिएको अवस्थामा फेला परेको छ ।
यात्रुबाहक बस पृथ्वीराजमार्गको झ्याप्ले खोला पहिरोभित्र भेटिएको यातायात व्यवसायीहरूले बताएका छन् ।
शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस २ दिनदेखि सम्पर्कविहीन भएको थियो ।
झ्याप्ले खोलामा आएको पहिरोले माइक्रोबस पुरिँदा शनिबार १४ जनाको मृत्यु भएको छ ।
बुटवलबाट काठमाडौं आईरहेको माइक्रोबस पहिरोमा पुरिएको हो । १४ जना यात्रुको शव शनिबार साँझ निकालिएको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया