स्थानीय निकाय र प्रहरी प्रशासनसँग समन्वय गरी उद्धारमा खटिन तरुणहरूलाई अध्यक्ष गुरुङको आग्रह
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले बाढी, पहिरो र डुबानबाट पीडित बनेका नागरिकको उद्धार र सुरक्षित व्यवस्थापनका लागि आग्रह गरेका छन् ।
शनिबार विज्ञप्ति जारी गरेर गुरुङले स्थानीय निकाय र प्रहरी प्रशासनसँग समन्वय गरेर उद्धारमा खटिन तरुणहरूसँग आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक प्रकोपले उत्पन्न गरेको विपतमा स्थानीय निकाय र प्रहरी प्रशासनसँग समन्वय गरी बाढी, पहिरो र डुबानबाट पीडित नागरिकहरूको उद्धार र सुक्षित व्यवस्थापनको लागि क्रियाशील भएर खटिन तरुण दलका सम्पूर्ण केन्द्रीय सदस्यहरू, जिल्ला कार्यसमिति एवम् मातहतका सम्पूर्ण तहका तरुण साथीहरूलाई केन्द्रीय कार्यसमिति हार्दिक अपील गर्दछ ।’
Published : Saturday, 2024 September 28, 4:54 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया