सभापति शेरबहादुर देउवा नेतृत्व हस्तान्तरण गर्ने सोँचमा हुनुहुन्छ : डा.शशांक कोइराला
घोराही । नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्व हस्तान्तरण गर्ने सोँचमा रहेको बताए ।
बिहीबार घोराहीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा डा.कोइरालाले शेरबहादुर देउवा अब सभापति नबन्ने बताए ।
डा.कोइरालाले १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसले अझै सक्षम नेतृत्व पाउने बताएका छन् । उनले कांग्रेसको संगठन निर्माणमा लाग्न पनि आग्रह गरेका छन् ।
युवाहरूलाई स्थान दिन नसक्दा पार्टी कमजोर भएको उनले बताएका छन् । डा.कोइरालाले ४० वर्षमुनिका एउटा पनि युवा पार्टीको केन्द्रीय सदस्य नभएको बताए । उनले युवा आर्कषण बढाउन विधान संशोधन गरेर भए पनि उनीहरूलाई पार्टीमा स्थान दिनुपर्ने बताएका छन् ।
Published : Thursday, 2024 September 26, 4:18 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया