परराष्ट्रमन्त्री डा.राणासँग स्पेन सरकारका अध्यक्ष पेड्रोद्वारा भेट
न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग स्पेन सरकारका अध्यक्ष तथा सोसलिस्ट इन्टरनेसनलका अध्यक्ष पेड्रो सान्चेजले भेटवार्ता गरेका छन् ।
अमेरिकाको न्यूयोर्कमा नेपाली समयअनुसार बुधबार भएको भेटवार्तामा दुई मुलुकबीचको सम्बन्धका विषयमा छलफल भएको हो । डा.राणा र अध्यक्ष पेड्रोबीच नेपाल–स्पेनबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाका लागि न्यूयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा.राणाले कुटनीतिक भेटवार्ताहरू गर्दै आएकी छिन् । डा.राणाले नेपालको विषयमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै आएको उनको निजी सचिवालयले जनाएको छ ।
Published : Wednesday, 2024 September 25, 8:37 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया