शुद्धोधनमा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष यादवको निधन
शुद्धोधन । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ का वडाध्यक्ष तिलकराम यादवको निधन भएको छ ।
भारतको नयाँ दिल्लीस्थिति एपोलो अस्पतालमा उपचाररत यादवको मंगलबार साँझ निधन भएको गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले बताएका छन् ।
मस्तिष्कको ट्युमरका कारण यादवको उपचारका क्रममा निधन भएको हो । ६८ वर्षीय वडाध्यक्ष यादव नेपाली कांग्रेसबाट २०७४ र २०७९ मा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।
वडाध्यक्ष यादवको निधन भएपछि शुद्धोधन गाउँपालिकाले बुधबार पालिकाभित्र बिदा दिएको छ ।
Published : Wednesday, 2024 September 25, 9:57 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया