सभापति देउवाद्वारा थारु विभागमा १० जना सदस्यहरू मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारू विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
कांग्रेस केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार विज्ञप्ति जारी विभागमा ११ जना सदस्यहरू मनोनयन गरेको जनाएका छन् ।
कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विभागका प्रमुख योगेन्द्र चौधरीको सिफारिसमा सभापति देउवाले सदस्यहरू मनोनयन गरेका हुन् ।
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य चौधरी प्रमुख रहेका नेपाली कांग्रेस थारू विभागको सदस्यमा देहायका व्यक्तिहरूलाई मनोनयन गरेका हुन् ।
विभागको सदस्यमा मनोनयन हुनेहरूमा देवमान चौधरी (वर्दिया), हल्लुप्रसाद चौधरी (दाङ), शिवनारायण राना (कैलाली), साजनकुमार महतो (चितवन), शैलेन्द्र चौधरी (रौतहट) रहेका छन् ।
नमिता चौधरी (सप्तरी), वोरनारायण चौधरी (सुनसरी), सरिता चौधरी (कैलाली), सुची चौधरी (मोरङ) र कुलमणि चौधरी (बारा) पनि विभागको सदस्यमा मनोनयन भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया