परराष्ट्रमन्त्री डा.राणा र राष्ट्र संघका उपमहासचिव खरेबीच भेट
न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र संयुक्त राष्ट्र संघका उपमहासचिव अतुल खरेबीच भेटवार्ता भएको छ ।
सोमबार अमेरिकाका न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको ७९औं महासभाको दौरान भएको साइडलाइन भेटवार्तामा डा.राणा र खरेबीच शान्ति मिसनको सम्बन्धमा नेपाल र यूएनबीचको सहकार्यमाथि छलफल भएको हो ।
उपमहासचिव खरे शान्ति मिसनका लागि ‘जनरल अफ अपरेसन सर्पोट’ हुन् । नेपाल अहिले विश्वमा शान्ति सैनिक पठाउने सूचीमा पहिलो नम्बरमा छ ।
नेपालले यस पटक यूएनमा सैनिक सल्लाहकारको लागि उम्मेदवारी पनि दिएको छ ।
परराष्ट्रमन्त्री डा.राणाले भेटवार्तामा नेपालले यूएनका शान्ति मिसनको लागि लामो समयदेखि योगदान गर्दै आइरहेको र त्यसलाई नै आधार मानेर यूएनले थप सहजीकरण गर्नु पर्ने बताएकी छिन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया