समानुपातिक र प्रत्यक्ष चुनावको सम्बन्धमा केही समस्या छन् : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानले सुनिश्चित गरेको समावेशी समानुपातिक प्रणालीको नेतृत्व कांग्रेसले गर्ने बताएका छन् ।
आइतबार वीपीनगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा देउवाले देश समावेशी, समानुपातिकको आधारमा अघि बढिरहेको बताए । उनले समाजलाई अग्रगामी दिशामा लैजान समावेशी समानुपातिक प्रणालीलाई अवलम्बन गर्नुपर्ने बताएका छन् ।
सभापति देउवाले समानुपातिक र प्रत्यक्ष निर्वाचनको सम्बन्धमा केही समस्या रहेको भएपनि समावेशी अति आवश्यक रहेको बताएका छन् ।
‘समानुपातिक र प्रत्यक्ष चुनावको सम्बन्धमा केही समस्या छन्’, उनले भने, ‘कसैले प्रत्यक्ष चुनाव लड्नुपर्ने, कसैले नाम राखेबापत एकै पटक समानुपातिकमा आउनुपर्ने । अर्को कुरा समावेशी अति आवश्यक पनि छ ।’
‘यो देशमा समावेशी प्रणाली मात्रै होइन, समावेशी सोसाइटी छ’, देउवाले भने, ‘समावेशितालाई अझ बढी पारदर्शी मात्रै होइन, उत्तरदायी बनाउनुपर्छ ।’
‘हामीले भोलिका दिनमा अझ बढी उत्तरदायी व्यवस्था बनाउनु छ’, सभापति देउवाले भने, ‘उत्तरदायी व्यवस्थाका निम्ति उत्तरदायी पार्टी बनाउनु छ । यो काममा हाम्रा पार्टीका नेताहरू सबै जना हुनुहुन्छ ।’
उनले भने, ‘अब बहसको सुरुवात भएको छ । यो बहसले सबै क्षेत्र, सासाइटीको सबै तप्कामा यस्तो बहसले सार्थकता पाउनेछ ।’
सभापति देउवाले जनता देशको मालिक भएको भन्दै भोलिका दिनमा पनि जनताले नै यी विषयहरूमा निर्णय गरेर जाने बताएका छन् ।
‘सबैभन्दा महत्वपूर्ण कुरा जनता हुन् । जनता यो देशका मालिक हुन्’, देउवाले भने, ‘त्यसैले सार्वभौम सम्पन्न जनता भनिएको हो । जनताको समर्थन अत्यन्त आवश्यक हुन्छ ।’
उनले भने, ‘कांग्रेसलाई अझ बढी जनताको पार्टी, उत्तरदायी पार्टी बनाउने काममा अहिलेदेखि नै लागे भोलिका दिनमा एक्लैले पनि बहुमत ल्याउँछ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया