कम्युनिस्टबाट हत्या भएका रोल्पाका रोहित पुनलाई तरुण शहीद घोषणा
काठमाडौं । नेपाल तरुण दलले रोल्पाका तत्कालीन तरुण दल नगर अध्यक्ष रोहित पुनलाई तरुण शहीद घोषणा गरेको छ ।
आइतबार भक्तपुरमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले पुनलाई शहीद घोषणाका लागि नेपाल सरकारसँग पहल गर्ने निर्णय गरेको अध्यक्ष विद्वान गुरुङले बताएका छन् । तरुण दलले पुनलाई तरुण शहीद घोषणा गरे पनि राष्ट्रिय शहीदका लागि पहल गर्ने गुरुङले बताए ।
पुनलाई राष्ट्रिय शहीद घोषणा गर्न सरकारसँग आग्रह गर्ने निर्णय भएको अध्यक्ष विद्वान गुरुङले बताएका छन् ।
छ वर्ष अगाडि नगर अध्यक्ष पुनलाई कम्युनिस्टहरूको अपराधिक समूहले हत्या गरेको थियो ।
तरूण दलका अध्यक्ष पुनलाई रोल्पा नगरपालिका १० धबाङ निवासी एवम् पूर्वमाओवादी कार्यकर्ता देववहादुर घर्तीले गोली हानेर हत्या गरेका थिए । घर्तीलाई प्रहरीले तत्कालीन समयमा पक्राउ पनि गरेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया