सहकारी ठगीमा रवि लामिछानेलाई कारबाही सिफारिस भएको छ, कारबाही अगाडिबढ्यो : सभापति खतिवडा
इलाम । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले गोर्खा मिडिया नेटवर्क प्रालिमा सहकारीको रकम चपलन भएको विषयमा संसदीय समितिले रवि लामिछानेसहितलाई कारबाही सिफारिस भएको बताएका छन् ।
शनिबार इलाममा कांग्रेसको कार्यक्रममा सभापति खतिवडाले लामिछानेसहित ४ जनालाई संसदीय समितिले कारबाही गर्न गरेको सिफारिसलाई अंग्रेजी धेरै बुझ्ने र नबुझ्नेहरूका कारण समस्या भएको बताए ।
उनले कारबाही सिफारिस गरेको कुरा क्लिन चिट नभएको बताए ।
उनले भने, ‘सहकारीका कुराहरू आएका छन् । अंग्रेजीमा कोही धेरै बुझ्ने, कोही कम बुझ्ने समस्या छ । सहकारीको प्रतिवेदनमा स्पष्ट भनेको छ ।’
‘रवि लामिछाने लगायत गोर्खा मिडिया नेटवर्कमा करोडौं पैसा ल्याउनेहरूलाई कारबाहीको दायरामा ल्याउन सिफारिस गरि कारबाही गर्न भनेर स्पष्ट लेखेको छ’, सभापति खतिवडाले भने ।
‘कारबाही भन्ने शब्द क्लिन चिट अंग्रेजीमा हुँदैन । केही साथीहरू क्लिन चिट पाइयो, क्लिन चिट पाइयो भन्दै हिँड्नु भएको छ’, उनले भने ।
‘जनतालाई सधैँ ढाँटेर मात्रै, जनतालाई सधैँ यसैगरी मुर्ख बनाएर राजनीति गर्न पाइँदैन’, खतिवडाले भने ।
‘क्लिन चिट होइन, कारबाही सिफारिस हो । कारबाही भरखरै प्रारम्भ भएको छ’, खतिवडाले भनेका छन् ।
उनले भने, ‘गोर्खा मिडियो नेटवर्क प्रालिमा आएको पैसाहरू ससुराको खातामा राखेर पछि सम्पत्ति विवरण देखाउँदा ससुराले मलाई दाइजो दिएको भनेर सम्पत्ति विरण देखाइएको छ । यो पनि स्वीट सेयर रे । पसिनाको सेयर रे । यो अर्को भ्रष्टाचार हो ।’
‘सहकारीको नाममा ठूलो भ्रष्टाचार भएको छ । कानूनअनुसार कारबाही हुन्छ’, उनले भने ।
‘हिजो बीबीसीमा पत्रकार भएर आएका हुन् वा आज पत्रकार भएर आएका हुन् । दिगो भएर देखाउनुस् । इलामको चुनावमा चुनाव जित्यौँ भनेर हिँडे, मत गन्दा जमानत जफत भएको यहीँ होइन ? अर्को पटक के हुन्छ भोलि देखिन्छ’, खतिवडाले भने ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया