प्यूठानमा युवतीलाई जबरजस्ती करणी
बिजुवार । युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले प्यूठान जिल्लामा १ जनालाई पक्राउ गरेको छ ।
१९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्यूठान नगरपालिका–७ पाखाडेरा बस्ने २९ वर्षीय मेघराज योगीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
मेघराजले ती युवतीलाई सोही ठाउँस्थित गौरा जंगलमा जबरजस्ती करणी गरेको आरोप युवतीले लगाएकी छिन् ।
युवतीको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले योगीलाई पक्राउ गरेको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Published : Wednesday, 2024 September 18, 12:37 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया