सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउत सिफारिस, १८ महिना कार्यकाल
काठमाडौं । संवैधानिक परिषदले वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।
सोमबार बसेको परिषदको बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ असोज १८ गते अवकाश पाउन लागेका छन् । श्रेष्ठपछि दोस्रो वरीयतामा रहेका राउत प्रधानन्यायाधीश नियुक्त भएमा १८ महिना न्यायपालिकाको नेतृत्व गर्नेछन् ।
संवैधानिक परिषदले सिफारिस गरेपछि राउतको संसदीय सुनुवाइ हुनेछ । संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्नेछन् ।
Published : Monday, 2024 September 16, 10:15 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया