कांग्रेसको भू.पू.सैनिक विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसको भू.पू. सैनिक विभागमा दश जना सदस्यहरू मनोनयन भएका छन् ।
बिहीबार कांग्रेसका सभापति शेरबहादुर देउवाले सदस्यहरू मनोनयन गरेका हुन् । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेकी विभागकी प्रमुख महेन्द्रकुमारी लिम्बुको सिफारिसमा सदस्यहरू मनोनयन गरिएको हो ।
विभागको सदस्यमा मनोनयन हुनेहरूमा गर्जबहादुर गुरूङ (लम्जुङ), हेमलाल लिम्बु (सुनसरी), तुलबहादुर गुरुङ (कास्की), जोवानसिंह ठकुरी (रूपन्देही), भीम चन्द (कञ्चनपुर) रहेका छन् ।
भावना घर्ती मगर (सुर्खेत), गुणबहादुर कार्की (महोत्तरी), लीला मास्के राना ( नवलपुर), गोपाल तामाङ (झापा) र सुनिता लामिछाने (काठमाडौं) पनि सदस्यमा मनोनयन भएका छन् ।
Published : Thursday, 2024 September 12, 2:24 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया