डीभीका लागि अमेरिकी दूतावासमा नक्कली प्रमाणपत्र पेश गर्ने ४ जना पक्राउ
काठमाडौं । नेपालस्थित अमेरिकी राजदूतावासमा इलेक्ट्रोनिक डाइभरसिटी भिसा (डीभी) प्रयोजनको लागि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–८ घर भई सोही नगरपालिका–४ ईमाडोल बस्ने ३२ वर्षीया गोमा पाण्डे, सर्लाहीको लालबन्दी नगरपालिका–१० घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने २८ वर्षीय अनिलकुमार महतो, झापाको अर्जुनधारा नगरपालिका–८ घर भई ललितपुरको ईमाडोल बस्ने ५० वर्षीय गोपालप्रसाद घिमिरे र संखुवासभाको खाँदवारी नगरपालिका–९ घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका–५ बस्ने ४३ वर्षीय सुवास ढकाल रहेका छन् ।
इलेक्ट्रोनिक डाइभरसिटी भिसा प्रयोजनको लागि एसईई र प्रवीणता प्रमाणपत्रको नक्कली शैक्षिक प्रमाणपत्र, नक्कली एकेडेमिक ट्रान्सक्रिप्ट बनाई पेश गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमेरिकी राजदूतावाससँगको समन्वयमा उनीहरूलाई राजदुतावास नजिकबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया