प्रधानमन्त्री ओली र सभापति देउवाबीच सम्वाद, दोस्रो तहका नेताहरू पनि सहभागी
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीबीच भेटवार्ता भएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीच भेटवार्ता भएको हो । उनीहरूका बीच समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।
सत्ता गठबन्धनको बैठक बोलाउने विषयमा पनि कांग्रेस र एमालेका नेताहरूबीच छलफल भएको बुझिएको छ । सरकारको साझा न्यूनतम कार्यक्रमका बारे पनि छलफल भएको छ ।
भेटमा कांग्रेस सभापति देउवा, परराष्ट्रमन्त्री डा.आरजु देउवा राणा, गृहमन्त्री रमेश लेखकको उपस्थिति रहेको थियो ।
एमालेबाट अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेलले लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया