सभापति देउवाद्वारा ओलम्पिक पदक विजेता पलेशालाई ५ लाख नगदसहित सम्मान
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ओलम्पिक पदक विजेता पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेका छन् ।
आइतबार वीपीनगर, ललितपुरमा आयोजित कार्यक्रममा सभापति देउवाले नगद ५ लाख, सम्मान पत्र र दोसल्लासहित सम्मान गरेका हुन् । देउवाले पलेशाले देशको नाम खेलुकको माध्यमबाट विश्वभरि चिनाउन सफल भएको भन्दै बधाइ र धन्यवाद दिएका छन् ।
सम्मान कार्यक्रममा उपसभापति धनराज गुरुङ, नेताहरू मोहनबहादुर बस्नेत, मदनकृष्ण श्रेष्ठ, भरत शाह, मुख्यसचिव कृष्णप्रसाद पौडेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2024 September 8, 3:42 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया