दाङ र चितवनमा भएका सडक दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । दाङ र चितवनमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
चितवनको भरतपुर महानगरपालिका–२९ चुनेखोलास्थित सडकमा ना.८ ख ५९६१ नम्बरको ट्रकमा बा.प्र.०३–००२ प ६१७८ नम्बरको स्कुटर ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक तनहुँको घाँसीकुवा गाउँपालिका–६ बस्ने ३७ वर्षीय कृष्णबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रमा लिएको छ ।
उता, दाङको तुल्सीपुर उपमहानगरपालिका–११ हसनापुरमा तुल्सीपुरबाट बेल्टाकुरातर्फ जाँदै गरेको रा.५ प ८००६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१५ बस्ने २० वर्षीय शिशिर रोकाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया