तीजको दुई दिन अगाडि काठमाडौंबाट ९ जनाको समूह पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा काठमाडौंबाट प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
टोखा नगरपालिका–९ दीपज्योतीस्थित मकवानपुरको बागमती गाउँपालिका–८ घर भएका २५ वर्षीय राजकुमार लामाको होटल शुभयात्रा गेष्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छापामारेको जनाएको छ ।
लामा समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ । तीजको बेला शान्ति सुरक्षालाई लिएर प्रहरीले गस्ती तीब्र बनाएका बेला जुवातास खेलिरहेका मानिसहरू पक्राउ परेका छन् ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ५ सय रूपियाँ, ६ बुक तास र १२ थान मोबाइल सहित पक्राउ गरेको हो ।
Published : Wednesday, 2024 September 4, 12:50 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया