न्युजिल्याण्ड र उज्वेकिस्तान पठाउँछु भनेर ठगी गर्ने बुद्ध-मानबहादुरको टोली पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड र उज्वेकिस्तान लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सोमबार प्रहरीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ लेखपानी घर भएका ३२ वर्षीय बुद्ध लामा र बर्दियाको गेरूवा गाउँपालिका–२ घर भई काठमाडौं टोखा नगरपालिका–१० बस्ने ४३ वर्षीय मानबहादुर चौधरीलाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउमध्ये बुद्धले ७ जना पीडितहरूबाट १० लाख रूपियाँ र मानबहादुरले ६ जना पीडितहरूबाट १२ लाख ५० हजार रूपियाँ लिई सम्पर्क विहीन भएको उजुरी प्रहरीमा परेको छ ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बुद्धलाई काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–७ बाट र मानबहादुरलाई काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट पक्राउ गरेको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया