१३ मिलियन डलर बोकेको राष्ट्रपतिको जहाज अमेरिकाद्वारा कब्जा
लण्डन । १३ मिलियन अमेरिकी डलर अवैध रूपमा लगेको भन्दै अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको जहाज कब्जामा लिएको छ ।
अमेरिकी न्याय मन्त्रालयका अनुसार फाल्कन ९००–ईएक्स जहाज डोमिनिकन गणतन्त्रमा अमेरिकाले कब्जामा लिएको हो । जहाजलाई अमेरिकी राज्य फ्लोरिडा पठाइएको छ । जहाज कसरी र कहिले डोमिनिकन गणतन्त्र पुग्यो भन्ने स्पष्ट भएको छैन ।
ट्रयाकिङ डेटाबाट जहाज सोमबार राजधानी स्यान्टो डोमिंगोबाट इसाबेला विमानस्थलतर्फ उडेको पत्ता लागेको छ । भेनेजुएलाले अमेरिकी कारबाहीको निन्दा गर्दै चोरीको आरोप लगाएको छ ।
भेनेजुएला विदेशमन्त्री यवन गिलले अमेरिकाले विश्वभर एकतर्फी र अवैध रूपमा थोपरेका स्वेच्छाचारी उपायलाई सही ठह¥याएको बताएका छन् ।
अमेरिकी अधिकारीहरूले अमेरिकी निर्यात नियन्त्रण प्रतिबन्ध कानूनको उल्लंघन गरेको आरोपमा जहाजलाई कब्जामा लिएर अनुसन्धान गरिरहेको जनाएका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया