पूर्वराजा शाहले दिए ओलम्पिक पद विजेता पलेशालाई बधाई
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पेरिसस्थित ग्राण्ड प्यालेसमा भएको पारा ओलम्पिकमा तेक्वान्दोकी पलेशा गोवर्धनले कांस्य पदक जितेर ६०वर्षपछि ओलम्पिक इतिहासमा नेपालको लागि पहिलो पदक प्राप्त गरेको सुखद् खबरले आफूलाई खुशी तुल्याएको बताएका छन् ।
आइतबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले भने, ‘देशले विभिन्न चुनौतिहरूको सामना गरिरहनु परेको वर्तमान समयमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले अनेकौं प्रतिकुलताका बावजुत जुन सफलता हासिल गरेकी छिन् यसले नेपाली खेलकुद इतिहासमै ठूलो सफलता प्राप्त गरेको छभने नेपालको राष्ट्रिय गौरव बढाएको हामीले महशुस गरेका छौं ।’
‘अन्तर्राष्ट्रिय खेलकुदमा ऐतिहासिक र पहिलो ठूलो पदक जित्न सफल भएकोमा पारा तेक्वान्दोकी पलेशा गोवर्धन सहित तेक्वान्दो एसोशिएसन र तेक्वान्दो टिमलाई यो सफलताको लागि हार्दिक बधाइ तथा शुभकामना’, पूर्वराजा शाहको सचिवालयका सम्वाद सचिव डा.फणिराज पाठकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया