मुकुल ढकालपछि सभापति लामिछानेको आदेशमा महामन्त्री बाहुन बर्खास्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुदूरपश्चिमका महामन्त्री पारस बाहुनलाई पदबाट बर्खास्त गरेका छन् ।
सभापति लामिछानेको आदेशमा प्रदेश सभापति प्रकाश विष्टले महामन्त्री पारसलाई पदमुक्त गरेका हुन् । लामिछानेसँग बाहुनलाई बर्खास्त गर्न लागेको बारेमा जानकारी गराएका थिए । लामिछानेको आदेशमा बाहुनलाई विष्टले हटाएका हुन् ।
पारस गत पुसमा सुदूरपश्चिमको महामन्त्रीमा मनोनीत भएका थिए । पार्टी संगठन र नेतृत्वलाई असहज र असफल बनाउने क्रियाकलाप गरेको आरोपमा हटाइएको विष्टले बाहनलाई पठाइएको पत्रमा उल्लेख गरेका छन् ।
यसअघि, सभापति लामिछानेले केन्द्रीय समितिका महामन्त्री मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहने गरी हटाएका थिए ।
Published : Friday, 2024 August 30, 2:20 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया