सरकारले एउटा पनि गतिलो काम गर्न सकेन : राजकिशोर यादव
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद राजकिशोर यादवले सरकारले एउटा पनि गतिलो काम गर्न नसकेको बताएका छन् ।
बुधवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा सांसद यादवले केपी ओली नेतृत्वको सरकार बनेयता औँलामा गन्न सकिने कुनै एउटा पनि काम हुन नसकेको बताए । उनले सरकारले गफ भने ठूलोठूलो गर्ने गरे पनि काम केही गर्न नसकेको बताएका छन् ।
सांसद यादवले संविधानको आत्माको रुपमा रहेको समावेशितालाई उल्लंघन गरेर सरकारले राजदूत नियुक्ति गरेको बताएका छन् ।
उनले भने, ‘सरकारले संविधान मान्नुपर्छ कि पर्दैन ? सरकारले अहिले गरेको राजदूतहरुको सिफारिस कुनै पनि कोणबाट समावेशी देखिँदैन ।’
सांसद यादवले भने, ‘त्यो एक प्रकारको एकल जातीय, एकल सांस्कृतिक पहिचान झल्किने गरी सिफारिश गरिएको छ ।’
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया