गृह मन्त्रालयद्वारा चार जना डीआइजीहरूको सरुवा
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूको सुरुवा गरेको छ ।
गृहमन्त्रिस्तरको भदौ १२ गतेको निर्णयानुसार सशस्त्र प्रहरीका ४ जना डीआइजीहरूलाई सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयमा सरूवा गरिएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं.६ महेश्वरी बाहिनी मुख्यालयमा सुर्खेतमा कार्यरत डीआईजी दुर्गा प्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरवारमा सरूवा गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा कार्यरत डीआईजी अभिकुमार खत्रीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभागमा ल्याइएको छ ।
राष्ट्रिय सुरक्षा परिषदको कार्यालय सिंहदरवारमा कार्यरत डीआइजी प्रदीपकुरमार पाललाई सशस्त्र प्रहरी बल नेपाल नं.५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा सरुवा गरिएको छ ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्रोतसाधन विभागमा कार्यरत डीआइजी सुरेशकुमार श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपाल नं–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सरूवा गरिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया