अर्थले सहमति दिए प्रहरीसम्बन्धी मस्यौदा मन्त्रिपरिषदमा लैजान्छौं : गृहमन्त्री लेखक
जनकपुर । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीसम्बन्धी विधेयकको मस्यौदा चाँडै संसदमा लैजाने बताएका छन् ।
बिहीबार बिहान जनकपुरधामस्थित विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै लेखकले नेपाल प्रहरीसम्बन्धी २०१२ मा बनेको कानून परिमार्जन गरी संघीय लोकतान्त्रिक व्यवस्थाअनुसार बनाउन मस्यौदा तयार भइरहेको बताए ।
उनले मस्यौदा सहमतिका लागि अर्थ मन्त्रालयमा पठाउने निर्णय भइसकेको बताएका छन् । अर्थ मन्त्रालयले सहमति दिएपछि मस्यौदा मन्त्रिपरिषदमा लैजाने गृहमन्त्री लेखकले बताएका छन् ।
गृह मन्त्रालयले बनाएको मस्यौदा संसदबाट पारित भएसँगै प्रहरी समायोजन ऐनअनुसार प्रदेश प्रहरी गठन प्रक्रिया शुरु हुने लेखकले बताएका छन् ।
Published : Thursday, 2024 August 22, 11:15 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया