परराष्ट्रमन्त्री डा.राणा र भाजपा विदेश विभाग प्रमुख डा.चौथाइवालेबीच भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेबीच भेट भएको छ ।
बुधबार नयाँ दिल्लीमा परराष्ट्रमन्त्री डा.राणासँग विदेश विभाग प्रमुख डा. चौथाइवालेले भेट गरेका हुन् । परराष्ट्रमन्त्री डा.राणालाई भेट्न डा.चौथाइवाले होटलमै पुगेका थिए ।
भेटमा नेपाल–भारत सम्बन्धका विविध आयाम, नेपाली कांग्रेस र भाजपाबीचको सम्बन्ध लगायतका विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाले सामाजिक सञ्जालमार्फत जनाएकी छिन् ।
डा.राणाले भनेकी छिन्, ‘मैले भारत भ्रमणका क्रममा प्राप्त स्वागत तथा आतिथ्यका लागि भारत सरकार र भारतीय जनतालाई उहाँमार्फत धन्यवाद पनि व्यक्त गरे ।’
भाजपाका विदेश विभाग प्रमुख डा.चौथाइवालेले पनि भनेका छन्, ‘आज मैले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवालाई भेटेको छु । र, उहाँलाई यस महत्वपूर्ण पदमा वहाँको नियुक्तिको लागि बधाई दिए ।’
‘हामीले भारत–नेपाल सम्बन्धलाई मजबुत बनाउने विभिन्न नयाँ अवसरका बारेमा छलफल ग¥यौं’, उनले भनेका छन् ।
भारतको औपचारिक भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.राणाले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री डा.एस.जयशङ्करसँग भेट गरिसकेकी छिन् ।
भारतीय प्रधानन्त्री मोदीले परराष्ट्रमन्त्री डा.राणालाई निकै विशिष्ट सम्मान र स्वागत गरेका छन् । मोदीले परराष्ट्रमन्त्री डा.राणालाई प्रधानमन्त्रीहरूलाई भेटका क्रममा दिने गरेको विशिष्ट सम्मान दिएको चर्चा छ ।

बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया