उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन सभापति देउवाको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन प्रस्ताव गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले राष्ट्रिय सभा अध्यक्ष को बन्ने भन्नेजस्ता विषयमा पनि छलफल आवश्यक रहेको बताए ।
‘यदि सबैमा सहमति हुन्छ भनेदेखि उपराष्ट्रपति नै राष्ट्रिय सभा अध्यक्ष पनि हुने व्यवस्था हुन सक्दछ, जुन भारतलगायत अरू देशमा पनि अभ्यास छ’, सभापति देउवाले भनेका छन् ।
उपराष्ट्रपतिको पद कामबिहीन बनेको छ । उपराष्ट्रपतिले सेवा सुविधा लिँदा राज्यलाई आर्थिक भार पर्नुका साथै नोक्सानी मात्रै भएको छ । उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउँदा आर्थिक भार पनि कम हुनेछ ।
Published : Tuesday, 2024 August 20, 7:46 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया